Vacancy 2078-8-6

सूचना ! सूचना ! सूचना !

यूनाईटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सामाजिक विकास केन्द्र, कपिलवस्तु द्वारा संचालित Reviving Economy of Covid-19 affected Communities in Nepal (RECOV) परियोजना कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकाका वडा नं. ४,५,६,७ र ८ हरुमा कार्यान्वयन गर्न निम्न बमोजिमको शैक्षिक योग्यता भएको, अनुभवी, इमान्दार र दक्ष कर्मचारीहरुको अवश्यकता भएकोले तल उल्लेख भए बमोजिम नेपाली नागरिकहरु बाट मिति २०७८।०८।०३ गते प्रथम पटक दरखास्त आह्वान गरिन्छ ।

१. पद : परियोजना संयोजक
संख्या : एक जना (१)
शैक्षिक योग्यताः कृषि स्नातक–(B.Sc.Ag.) गरि सामाजिक संस्थामा कम्तिमा १ बर्ष काम गरेको ।

परियोजना अधिकृतको आवश्यक ज्ञान, सिप र अनुभव:
– कुनै पनि सरकारी वा गैरसरकारी संघ संस्थाहरुमा सामुदायिक विकासको क्षेत्रमा कार्यक्रम÷परियोजना संयोजक÷अधिकृतको रुपमा काम गरेको अनुभव भएको ।
– बैकल्पिक आयआजर्नका कृयाकलापहरु, व्यवसायिक तरकारी खेती, माछापालन, पशुपालन तथा खाद्यान्न वाली खेती, बजारीकरण, मुल्यश्रृङ्खला तथा कृषि र गैर कृषि ब्यवसायीकरण जस्तै लघु उद्यम सम्बन्धि व्यवहारीक ज्ञान र शिप भएको ।
– ब्यवसाय पहिचान तथा छनौट, ब्यवास शुरु गर्न र सो सम्वन्धि तालिम दिन सक्ने क्षमता भएको ।
– कृषि तथा गैर कृषि व्यवसायको योजना निर्माण गर्न सक्ने ।
– परियोजनाचक्र र व्यवस्थापन (Project Cycle andProject Management) को राम्रो सीप तथा ज्ञान साथै परियोजनाको कृयाकलापहरुको बिस्तृत कार्यान्वयन योजना (Detail Activity Implementation Plan) र प्रतिवेदन लेखन अनुभव भएको ।
– आर्थिक पुर्नलाभ (Economic recovery) सम्वन्धि परियोजनाको अनुभव भएको ।
– परियोजनाको उद्देश्य र निर्धारित सुचकहरुको स्तरीयता कायम राख्न नियमित अनुगमन, समिक्षा, अन्तरक्रिया, सिकाई आदानप्रदान र जोखिम विश्लेषण गर्न सक्ने ज्ञान, सिप तथा अनुभव भएको ।
– हानी नगरौ अवधारणा सम्वन्धि ज्ञान भएको ।
– सुशासनको सैद्धान्तिक तथा स्थानिय सरकार संग काम गरेको व्यवहारिक ज्ञान भएको
– कम्प्युटर प्रयोग सम्बन्धि राम्रो ज्ञान तथा सीप भएको (Word, Excel, Power Point, Internet, Email etc.) ।
– सामाजिक, ब्यक्तिगत र समुहगत परिचालन सम्बन्धि ज्ञान, सिप तथा अनुभवभएको ।
– स्थानीयतह तथा जिल्लामा अवस्थित विभिन्न सरोकारवालाहरु सँग सम्बन्ध निर्माण, सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने ज्ञान, सीप तथा क्षमता भएको ।
– दिईएका जिम्मेवारी तोकिएको समयमा सम्पन्न गर्नसक्ने र साथै कहिले काँही संस्था र परियोजनाको माग र संस्थाको आवश्यकता अनुसार चापमा पनि कार्य गर्न सक्ने क्षमता भएको ।
– संस्था र समुदायप्रति ईमानदार, सेवाको भावना भएको र जवाफदेहीता र जिम्मेवारी बहन गर्नसक्ने ।
– कुनै पनि मुद्दा, ठगी, भ्रष्टाचार र दुव्र्यवहारमा संलग्न नभएको हुनुपर्ने ।
– नेपाली र अंग्रेजी भाषामा दख्खल (लेख्न तथा बोल्न) भएको ।
– मोटरसाइकल÷स्कुटर चलाउने सवारी चालक अनुमति पत्र भएकोलाई विशेष ग्राह्यता दिइने छ ।

 

कार्यक्षेत्र : कपिलबस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ४ देखि ८ सम्म

 

निवेदकले आवश्यक कागज पत्रहरु संलग्न गर्नु पर्ने :
– पदको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण–पत्र, तोकेको शैक्षिक योग्यताको प्रमाण–पत्रहरु, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।

निवेदन दिने अन्तिम मिति र समयः २०७८/०८/०९ गते साँझ ४ बजे सम्म (अन्तिम दिन सार्वजानिक विदा पारेमा सोको भोली पल्टा निवेदन लिने छ ।

 

नोट :
– माथि उल्लेखित शैक्षिक योग्यता तथा ज्ञान, शिप र अनुभव भएका महिला, दलित, मुश्लिम, पिछडावर्ग र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको स्थानीयलाई ग्राह्यता दिइनेछ ।
– विदेशी शैक्षिक योग्यता भएमा समकक्षता वा नोटरी पब्लिक अनिवार्य हुनु पर्ने ।
– कुनै पनि नातावाद÷कृपावाद र टेलिफोन मार्फत धाकधम्की र अन्य तरिकाले प्रभाव पार्न खोजिएमा उक्त व्यक्तिको निवेदन स्वत: रद्द गरिनेछ ।
– छोटो सुचीमा परेका निवेदकहरुलाई मात्र परिक्षा प्रकृयामा संलग्न गरिने छ ।

 

निवेदन वुझाउने आईपुग्नु पर्ने ठेगाना :–
दलित सामाजिक विकास केन्द्र
क.व.न.पा. ५, डंगरी, कपिलवस्तुको कार्यालय अथवा, vacancy.dsdc@gmail.com, www.dsdc.org.np
थप विस्तृत जनकारीको लागी सम्पर्क नं.: ०७६–६२०१७२, ६९२८०३