कर्मचारी आवश्यक्ता सम्बन्धी सुचना २०८२ माघ १३ गते

सहजकर्ता (सामुदायिक शिक्षक)को आवश्यकताका लागि प्रकाशित सुचना
सूचना प्रकाशन मितिः २०८२।१०।१३ गते
दलित सामाजिक विकास केन्द्रले केयर नेपाल सँगको साझेदारीमा सचालित कार्यक्रम अन्र्तगत कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकामा विद्यालय बाहिर रहेका १५ देखी २४ बर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी आधारभूत भाषिक तथा गणितीय सिकाइ र उद्यमशीलता विकास सम्बन्धि कार्यक्रम सहजीकरणका लागि सहजकर्ताहरु को आवश्यकता भएकोले तल उल्लेखित योग्य र अनुभवी महिला उम्मेदवारहरु आवश्यक भएकोले इच्छुक स्थानीय महिला उम्मेदवारहरुले बायोडाटा, नागरिकता, शैक्षिक (ट्रान्सक्रिप्ट) प्रमाणपत्र र कार्य अनुभवको प्रतिलिपी र ३५ बर्ष उमेर पूरा नभएका र नेपाली नागरिकहरु बाट दरखास्त आह्वानका लागि ७ दिने सूचना प्रकाशन गरिएको छ ।

१. पद ः सहजकर्ता (चार जना महिला)
शैक्षिक योग्यता ः स्नातक तह वा सो सरह उत्र्तीण गरेको
कार्यक्षेत्र ः शुद्धोधन गा.पा. (वडा नं. ४ र ६)

आवश्यक सीप एवं कार्यजीम्मेवारी ः
 किशोरी शिक्षाका लागि उडान वा अन्य किशोरी कक्षा संचालन भएको ज्ञान सीप भएको र दैनिक रुपमा किशोरीहरुलाई नियमित कक्षा संचालन गर्ने ।
 कार्यक्षेत्र भित्रका १५ देखि २४ बर्षसम्मका विद्यालय छोडेका किशोरीहरुको तथ्यांक संकलन गर्न सीप भएको
 Accelerated Learning Program (ALP) सत्र संचालनमा केन्द्रमा किशोरीहरुको नियमित उपस्थिति सुनिश्चित गरी अनुपस्थित किशोरीहरुको घरदैलो भ्रमण गर्न सकिने ।
 किशोरीहरु बीच मासिक रुपमा अतिरिक्त क्रियाकलाप गर्ने र मासिक रुपमा अभिभावक समुहको बैठक तथा सत्र संचालन गर्न सकिने सीप भएको ।
 समुदायमा किशोरीहरुको नक्साङकन गरी किशोरी÷अभिभावक समुह गठन÷पुर्नगठनमा सहजीकरण गर्ने र फिल्ड स्तरीय अन्य कार्यक्रम तथा गतिविधिहरु संचालन गर्न सक्ने सीप भएको ।
 परियोजनाको योजना अनुसार बैठक, कार्यशाला, गोष्ठी, तालिम, सेमिनार, अभियान संचालन गर्न सक्ने ।
 फिल्ड सुपरभाइजरलाई गतिविधिहरुको मासिक, त्रैमासिक, अद्र्यवार्षिक, वार्षिक एवम् आवश्यकता अनुसारको रिपोर्टहरु उपलब्ध गराउने तथा रिपोर्ट तयारीमा सहयोग गर्ने सीप भएको ।
 विशिष्ट सिकाई परिणामहरुका ट्रयाकिङ्ग, मूल्यांकन र रिपोर्टिङ्ग तथा दस्तावेजीकरणको साथै जीवन परिवर्तन प्रमाणहरुलाई सुनिश्चित गर्ने ।
 नियमित रुपमा उडान कक्षा संचालन गर्ने र किशोरीहरुको प्रगति, सिकाईस्तरलाई निरन्तर निरीक्षण तथा मूल्यांकन गर्ने ।
 स्थानीय रुपमा विद्यमान स्रोत साधनको अधिकतम रुपमा परिचालन गरी प्रभावकारि कार्य गर्ने ज्ञानसीप ।
 विस्तृत कार्ययोजना प्रदान गर्दै कार्यक्रम सामाग्री तथा सुविधाहरुको नजिकबाट निगरानी गर्ने सीप ।
 फिल्डमा सञ्चालन गरिएका परियोजना गतिविधिहरुको नियमित प्रतिक्रिया तथा पृष्ठपोषण तयार गर्ने, सिकाई रेकर्ड गर्ने, चुनौती तथा समस्याका समाधानहरु रेकर्ड गर्ने र रिपोर्टिङ्ग गर्ने जानकारी भएको हुनु पर्ने ।
 तथ्याङक संकलन र रुजु गरी कार्यक्रमको अनलाईन व्यवस्थापन सूचना प्रणालीमा तथ्याङक प्रविष्ट तथा अध्यावधिक गर्न सक्ने ।

सेवा सुविधा ः संस्थाको नियमानुसार
परिक्षाको किसिम ः लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Short List) मा छनौट भएका उम्मेवारहरुलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।

आवश्यक कागजपत्रहरु ः
सवै पदको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो २ प्रति, तोकेको शैक्षिक योग्यताको प्रमाण–पत्रहरु, चरित्र प्रमाण–पत्रहरुको प्रतिलिपी, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।

  • निवेदन दिने अन्तिम मिति र समयः २०८२।१०।१९ गते दिउसो ४ः३० बजे सम्म
    छनौट प्रकृयाः
  •  शैक्षिक प्रमाण–पत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित र मौखिक परिक्षाको लागि बोलाइने छ ।
  • सम्पर्क मिति ः २०८२।१०।१९ गते (साँझा ४ः३० बजे पछि)
  •  परिक्षा मिति ः २०८२।१०।२०
    सेवा सुविधा ः– परियोजना र संस्थाको नियमानुसार हुनेछ ।
    नोट ः
  •  महिला, दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका व्यक्तिलाई विषेश ग्राह्यता दिइनेछ ।
  •  कुनै पनि नातावाद÷कृपावाद र टेलिफोन मार्फत धाकधम्की र अन्य तरिकावाट प्रभाव पार्न खोजिएमा उक्त व्यक्तिको निवेदन स्वतहः रद्द गरिनेछ । सम्पूर्ण निर्णय प्रकृया संस्थामा निहित हुनेछ ।
  •  कुनै पनि मुद्दा, ठगी, भ्रष्टाचार र बाल शोषण र दुव्र्यवहार, लैंगिक हिंसा तथा भ्रष्टाचारका गतिबिधिहरुमा संलग्नता नभएको आफुले निवेदनमा स्वघोषित गर्नु पर्ने ।
    निवेदन वुझाउने÷आईपुग्नु पर्ने ठेगाना ः–
    दलित सामाजिक विकास केन्द्र, क.व.न.पा.५, डंगरी, कपिलवस्तु सम्पर्क नं.९८०१९४२६६२ इमेल ः vacancy.dsdc@gmail.com, www.dsdc.org.np
    नोट ः अन्तिम दिन विदा भएमा कार्यालय खूला हुने र आवेदन दर्ता हुनेछ । माथि उल्लेखित ईमेल मार्फत पनि निवेदन पेश गर्न सकिन्छ ।